सुरेन्द्र पाण्डेको जबाफ : हाम्रो गतिविधि पार्टी खोल्न नभइ एमालेको एकता जोगाउन [पूर्णपाठ]

454

काठमाडौं । नेकपा (एमाले) का नेता सुरेन्द्र पाण्डेले स्ष्टीकरण बुझाएका छन् ।

गत चैत ४ र ५ गते ललितपुरमा आयोजना गरिएको राष्ट्रिय कार्यकर्ता भेला कुनै पार्टी खोल्न भनाइ नवौँ राष्ट्रिय महाधिवेशनबाट पारित राजनीतिक मार्ग निर्देशन र विधान प्रतिरक्षा तथा एमालेको एकता र हितमा केन्द्रित रहेको पाण्डेको जिकिर छ ।

“उक्त भेलाले पार्टीको एकतालाई मजबुद बनाउने कुरामा नै जोड दिएको थियो । त्यस भेलाबाट कुनै पार्टी खोल्ने वा नेपाल कम्युनिस्ट पार्टी (एमाले)को उद्देश्य, कार्यक्रम र विधान विपरीतको कुनै काम भएको छैन,” पाण्डेले जबाफमा लेखेका छन् ।

जबाफमा पाण्डेले अध्यक्ष केपी ओलीको पछिल्लो कदमलाई विधानविपरीतको संज्ञा दिएका छन् । “नेपालको कम्युनिस्ट आन्दोलननै समाप्त पार्ने प्रकृतिका भएकाले यो सबै प्रक्रिया अविलम्ब रोकी पार्टीलाई एकतावद्ध गर्न आवश्यक पहल गर्न समेत आह्वान गर्न चाहन्छु,” पाण्डेले लेखेका छन् ।

सुरेन्द्र पाण्डे
Share This:
सम्बन्धित खबर
Loading...