मेरियटमा ओली र नेपालबीच आज निर्णायक वार्ता

485

काठमाडौं । नेकपा (एमाले) विभाजन रोक्ने प्रयासस्वरुप पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आज पनि वरिष्ठ नेता माधब कुमार नेपालसँग कुराकानी गर्ने भएका छन् ।

दुई नेताबीच बुधबार साँझ होटल मेरियटमा २ घन्टा संवाद भएको थियो । आज पनि सोही स्थानमा दिउँसो २ बजे भेटेर सहमतिको लागि अन्तिम प्रयास गर्ने स्रोतले जनाएको छ ।

ओली र नेपालबीच आज हुने वार्ताले एमाले एकतावद्ध रहने वा नरहने तय हुन स्रोतले जनाएको छ । नेपालले आफ्नो समूहका नेताहरुसँग छलफल गर्ने समय मागेपछि बुधबार वार्ता निष्कर्षविहिन भएको थियो ।

नेपालमाथि उनी समूहकै नेताहरुले लचिलो बनेर पार्टीमा फर्केर काम गर्नुपर्ने वातावरण बनाउन दबाव दिएका छन् । पार्टी विभाजनको विपक्षमा धेरै नेताहरु उभिएपछि नेपाल दबावमा छन् । भीम रावललगायतका नेताहरु भने अहिलेकै अवस्थामा ओलीसँग मिल्न नसकिने अडानमा छन् ।

अध्यक्ष ओलीले शुक्रबारको केन्द्रीय कमिटी बैठकमा सहभागी हुन नेपाललाई आग्रह गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...