अवैध सुनको कारोबारमा सम्लग्न एक जना पक्राउ

410

सुनसरी । सुनसरी इटहरी–१६ घर भई हाल इटहरी–६, कालिका गोल्ड एन्ड सिलभर हाउसका सञ्चालक २८ वर्षीय शेख राज घिमिरेलाई अवैध सुनको टिलसहित पक्राउ गरिएको छ ।

मंगलबार साँझ साढे ८ बजे उनलाई इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले इटहरी–६ स्थित विराटनगर लाइनबाट हिँडिरहेको अवस्थामा सुनको टिल १९५.४७० ग्राम, नगद १ लाख ५८ हजार सहित पक्राउ गरेको हो ।

घिमिरे अवैध तवरले सुन खरिद गरी बिक्री वितरण गर्न हिँडेको भन्ने विशेष सूचनाको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

उनलाई बरामद गरेको सुनसहित आवश्यक कारबाहीका लागि आन्तरिक राजाश्व कार्यालय इटहरीमा बुझाएको सो कार्यालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...