भारतबाट फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना संक्रमण

1,242

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

भारतको हरिद्वारमा गंगा स्नान गरेर आइतबार स्वादेश फर्किएका उनीहरुले स्वाब परीक्षण गराएका थिए । उक्त परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयका स्रोतले जनाएको छ ।

उनीहरुको कन्ट्रयाक्ट ट्रेसिङ सुरु गरिएको मन्त्रालय स्रोतले बताएको छ ।

पूर्वराजा ज्ञानेन्द्र भारतबाट स्वादेश फर्किँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समर्थकहरुको ठूलो भीड लागेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...