काठमाडौं उपत्यकामा ६३४ सहित देशभरबाट १,२८१ जनामा संक्रमण, ८ को मृत्यु

602

काठमाडौं । २४ घन्टामा देशभरबाट १ हजार २ सय ८१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार अनुसार देशभर ७ हजार ५ सय ४८ जनामा गरिएको नमुना परीक्षणको नतिजामा कुल १ हजार २ सय ८१ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका १ हजार २ सय ८१ जनासँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ८५ हजार ९ सय पुगेको छ । यीमध्ये ७ हजार २ सय ५४ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

काठमाडौंमा ५ सय ५, ललितपुरमा ९७ र भक्तपुरमा ३२ जना गरी उपत्यकामा ६ सय ३४ जना संक्रमित थपिएका छन् ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा १ सय ४८ जना र भेन्टिलेटरमा ४३ जना उपचाररत छन् ।

मंगलबार देशभर २ सय ५५ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । पछिल्लो २४ घन्टामा संक्रमणमुक्त भएका २ सय ५५ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ७५ हजार ५ सय ५५ जना पुगेको छ । निको हुने दर ९६.४ प्रतिशत रहेको छ ।

मन्त्रालयका अनुसार आज कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ९१ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...