संसद् अधिवेशन अन्त्यबारे कुनै परामर्श भएको थिएन : सभामुख सापकोटा

524

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद अधिवेशन अन्त्य गर्नेबारे आफूसँग कुनै परामर्श नभएको बताएका छन् ।

सोमबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा सभामुख सापकोटाले संसद् अधिवेशन अन्त्य गर्ने विषयमा प्रधानमन्त्रीले आफूसँग छलफल नै नगरेको बताए ।

“संसद्को अधिवेशन अन्त्य गर्ने विषयमा मसँग कुनै सल्लाह भएको थिएन” सभामुखको भनाइ थियो ।

अधिवेशन सुरु र अन्त्य गर्ने विषयमा प्रधानमन्त्रीले सभामुख वा राष्ट्रियसभा अध्यक्षसँग परामर्श गर्नुपर्ने प्रावधान छैन । तैपनि, यसअघि परामर्श गर्ने प्रचलन भने थियो । तर, सापकोटा सभामुखमा निर्वाचित भएदेखि नै दुईबीच सहज सम्बन्ध छैन । जसका कारण प्रधानमन्त्रीले सभामुखलाई थाहै नदिइ अधिवेशन अन्त्य गर्दै आएका छन् ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार संसद् अधिवेशन अन्त्य गरेकी छन् ।

Share This:
सम्बन्धित खबर
Loading...