चोरी मुद्दाका ५ जना फरार प्रतिबादी पक्राउ

218

सुनसरी । चोरी मुद्दाका ५ जना फरार प्रतिबादीहरुलाई पक्राउ गरी आज सार्वजनिक गरिएको छ ।

पक्राउ पर्नेमा सुनसरी बर्जु–१ की ३६ वर्षीया सृजना चौधरी, इटहरी–१३ का ३२ वर्षीय नमाजुद्दिन आलम, सुनसरी छातावेलीका २८ वर्षीय मर्तुजा मियाँ, मोरङ बुढीगंगाका–३० वर्षीय अजिम मिया र सुनसरी दुहबी–११ का ३० वर्षीय सर्वन उराव रहेका छन् ।

सो समूहले २०७७ साल फागुन ६ गते सुनसरी बर्जु–१ का सुभास चौधरीको घरमा मध्यरातमा प्रवेश गरी सुभासलगायत उनको परिवारलाई कुटपिट गरी घरमा रहेको नगद ५४ हजारसमेत डाँका गरी लगेको खुल्न आएको छ ।

पक्राउ परेकामध्ये सृजना चौधरी मुख्य योजनाकार रहेको साथै उनले रिशइवी साध्ने सोच बनाई यो समूहलाई सुभास चौधरीको घरमा आर्थिक प्रलोभन देखाई डाँका गर्न लगाएको समेत खुल्न आएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।

पक्राउ परेकाहरुको साथबाट मिस फायर भएको 7.65KF लेखिएको १ राउन्ड गोलीलगायतका सामनहरु बरामद गरिएको तथा उनीहरु उपर थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...