२४ घन्टामा संक्रमित हुनेको संख्या एक हजार नाघ्यो, ८ काे मृत्यु

300

काठमाडौं । २४ घन्टामा देशभरबाट १ हजार ९६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार अनुसार देशभर ५ हजार ७ सय ८३ जनामा गरिएको नमुना परीक्षणको नतिजामा कुल १ हजार ९६ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका १ हजार ९६ जनासँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ८४ हजार ६ सय ७३ पुगेको छ । यीमध्ये ६ हजार २ सय ९० जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

काठमाडौंमा ३ सय ३६, ललितपुरमा ६४ र भक्तपुरमा ४५ जना गरी उपत्यकामा ४ सय ४५ जना संक्रमित थपिएका छन् ।

मंगलबार देशभर २ सय ६२ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । पछिल्लो २४ घन्टामा संक्रमणमुक्त भएका २ सय ६२ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ७५ हजार ३ सय जना पुगेको छ । निको हुने दर ९६.७ प्रतिशत रहेको छ ।

मन्त्रालयका अनुसार आज कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ८३ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...