भेरी अस्पतालमा ३ घन्टामा ३ जना कोरोना संक्रमितको मृत्यु

635

राँझा । बाँकेमा गएराति ३ घन्टाको अवधिमा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

नेपालगञ्जस्थित भेरी अस्पतालको कोभिड विशेष वार्डमा उपचाररत ३ संक्रमितको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थपन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

उनका अनुसरा भेरी अस्पतालमा उपचाररत राजापुर नगरपालिका–१ बर्दिया निवासी ७३ वर्षीय पुरुषको शनिबार बेलुका ७ बजे मृत्यु भएको थियो । त्यसको ४० मिनेटपछि बाँकेको बैजनाथ गाउँपालिका–८ का ७८ वर्षीया महिलाको मृत्यु भएको थियो । चैत ३१ मा कोरोना संक्रमण पुष्टि भएपछि वैशाख १ गते अस्पतालमा भर्ना भएकी उनको उपचारकै क्रममा शनिबार राति ७ः४० बजे मृत्यु भएको हो ।

यस्तै, भेरी अस्पतालमै उपचाररत नारायणी नगरपालिका–१ दैलेख निवासी ६८ वर्षीया महिलाको पनि निधन भएको छ । गत चैत ३० गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पतलामा भर्ना भएकी महिलाको उपचारकै क्रममा गएराति ९ः३० बजे मृत्यु भएको फोकल पर्सन वलीले जनाकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...