कुशल र आशिफको डेब्यु खेलमै अर्धशतकः नेपाल ९ विकेटले विजयी

त्रिकोणात्मक टी–२० सिरिज

602

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपालले विजयी सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको हो ।

नेपालको जितमा ओपन कुशल भुर्तेल र आशिफ शेखले शतकीय साझेदारी गरेपछि नेपालको विशाल निकालेको हो ।

अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा डेब्यु गरेका कुशल भुर्तेल र आशिफ शेखले पहिलो खेलमै अर्धशतक प्रहार गर्दै कीर्तिमान बनाएका छन् । २४ वर्षीय भुर्तेलले ३० बलमा ४ छक्का र ४ चौकासहित अर्धशतक पुरा गरे । यस्तै, आशिफले ३४ बलमा ४ छक्का र ४ चौका प्रहार गर्दै अर्धशतक पुरा गरे ।

Cricket Association of Nepal-CAN

१३औँ ओभरको चौथो बलमा जुलियन डे मेलेको बललाई हिर्काउँदा पिटर सिलारको हातबाट क्याच आउट भए । आउट हुनअघि भुर्तेलले ६२ रन बनाएका थिए ।

यस्तै आशिफ ५४ तथा ज्ञानेन्द्र मल्ल १३ रनमा नटआउट रहे ।

यसअघि, कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट ग्राउन्डमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ३५ रन बनाएको थियो ।

सुरुवाती दुई विकेट सस्तैमा गुमाएको नेदरल्यान्ड्सका र बास डि लिडेले तेस्रो विकेटका लागि ६१ रनको अर्धशतकीय पारी खेलेपछि सम्मानजनक योगफल बनाएको हो ।

बास डि लिडेले ४१, स्कट एड्वार्डले ३० तथा पिटर सिलार र एन्टोनियस स्टालले नटआउट २२ र २० रन बनाए ।

नेपालका सन्दीप लामिछानेले २, सोमपाल कामी र शाहब आलमले समान एक–एक विकेट लिए ।

आइतबार नेदरल्यान्ड्स र मलेसियाबीच खेल हुनेछ ।

Share This:
सम्बन्धित खबर
Loading...