कोरोना अपडेट : २४ घन्टामा ९०० जनामा कोरोना संक्रमण पुष्टि

282

काठमाडौं । २४ घन्टामा देशभरबाट ९ सय जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार अनुसार देशभर ६ हजार १ सय ५८ गरिएको नमुना परीक्षणको नतिजामा कुल ९ सय जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका ९ सय जनासँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ८२ हजार ८ सय ९० पुगेको छ । यीमध्ये ५ हजार ८ सय जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

काठमाडौंमा २ सय ८६ , ललितपुरमा ४३ र भक्तपुरमा १९ जना गरी उपत्यकामा ३ सय ४८ जना संक्रमित थपिएका छन् ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा १ सय जना र भेन्टिलेटरमा ३८ जना उपचाररत छन् ।

मंगलबार देशभर ५ सय ८ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । पछिल्लो २४ घन्टामा संक्रमणमुक्त भएका २ सय ८ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ७४ हजार ८ सय १२ जना पुगेको छ । निको हुने दर ९७.१ प्रतिशत रहेको छ ।

मन्त्रालयका अनुसार आज कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ७० पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...