कोरोना अपडेट : ६०३ जनामा कोरोना संक्रमण, ३ को मृत्यु

973

काठमाडौं । २४ घन्टामा देशभरबाट ६ सय ३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अनुसार देशभर ४ हजार २ सय ८९ आरटी पिसिआर र ४ सय ५१ एन्टिजेन विधिबाट गरिएको नमुना परीक्षणको नतिजामा कुल ६ सय ३ जनामा संक्रमण पुष्टि भएको हो ।

यीमध्ये ४ सय ५१ जना संस्थागत आइसोलेसनमा छन् भने ३ हजार ५ सय ९९ जना होम आइसोलेसनमा छन् ।

थपिएका ६ सय ६ जनासँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ८१ हजार ५ सय ६७ पुगेको छ । यीमध्ये ४ हजार ५६ सय जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

काठमाडौंमा १७३, ललितपुरमा ६१ र भक्तपुरमा २० जना गरी उपत्यकामा २ सय ५४ जना संक्रमित थपिएका छन् ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ८० जना र भेन्टिलेटरमा २५ जना उपचाररत छन् ।

मंगलबार देशभर १ सय २९ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । पछिल्लो २४ घन्टामा संक्रमणमुक्त भएका १ सय २९ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ७४ हजार ४ सय ४७ जना पुगेको छ । निको हुने दर ९७.५ प्रतिशत रहेको छ ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ६१ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...