ओली सरकार भ्रष्टाचारमा चुर्लुम्म डुब्यो : नेता सिंह

403

चितवन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री ओलीको सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको बताएका छन् ।

नेपाली कांग्रेस चितवन खैरहरी नगर समितिले बुधबार आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रमा बोल्दै यस्तो बताएका हुन् ।

“देशमा सरकार छ कि छैन भनेर खोज्नुपर्ने अवस्था छ,” उनले भने,“यो सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ । ओलीले नैतिक, राजनीतिक तवरले प्रधानमन्त्री हुने वैधानिकता गुमाइसके । त्यसैले तत्काल राजीनामा दिनुपर्छ ।”

संविधान, लोकतन्त्र र संघीयता जोगाउन नेपाली कांग्रेस नेतृत्वको सरकार आवश्यक रहेको समेत बताए ।

नेपालमा लोकतन्त्र जोगाउन कांग्रेस मजबुत हुनुपर्ने भन्दै आगामी महाधिवेशन समयमै हुनुपर्ने नेता सिंहले बताए ।

“नेपाली कांग्रेसले देश र जनतालाई संकट पर्दा सधैँ महत्वपूर्ण भूमिका खेल्ने गरेको छ । नेपाली जनताको पार्टी नेपाली कांग्रेस हो,” उनले भने, “राणाशासन हटाउनेदेखि प्रजातन्त्र स्थापना र संविधान निर्माणमा कांग्रेसले महत्वपूर्ण भूमिका खेल्ने गरेको बताए ।”

Share This:
सम्बन्धित खबर
Loading...