भेन्टिलेटरमा उपचाररत दुई जनाको मृत्यु

495

नेपालगञ्ज । कोरोना संक्रमणबाट भेरी अस्पतालमा उपचाररत २ जनाको मृत्यु भएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बाँकेको राप्तीसोनारी–२ की ६९ वर्षीया महिला र कैलाली लम्कीचुहा–१ का ३७ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।

मृत्यु भएका दुवैजनाको अवस्था गम्भीर बनेपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेकै अवस्थामा मृत्यु भएको फोकल पर्सन ओलीले बताए ।

अझैपनि करिब ३० जनाको अवस्था निकै गम्भीर रहेको उनले बताए । साथै पछिल्लो समय भेटिएका सबै संक्रमित बिरामी रहेकाले अस्पतालमा ठाउँ अभावले उपचारमा समस्या भइरहेको उनको भनाइ छ ।

बाँकेमा मंगलबार मात्रै ९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...