मोरङकाे कानेपाखरीबाट लागुऔषधसहित ३ जना पक्राउ

344

मोरङ । मोरङ कानेपोखरी–७ बाट प्रतिबन्धित लागुऔषधसहित ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रंगेली–६ का १९ वर्षीय अभिशेख कुमार मण्डल, सुन्दरहरैचा–७ का १९ वर्षीय सुवास तामाङ र उर्लाबारी–६ का २८ वर्षीय अनमोल घिमिरे रहेका छन् ।

मंगलबार दिउँसो साढे ३ बजे को२ह ३३९६ नम्बरको अटोमा आइरहेका तिनै जनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनिहरुले अटोको सिट मुनि लुकाई राखेको ५ सय ८८ चक्की नाइट्राभेट लागुऔषध फेला पारी बरामद गरिएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

पक्राउ परेकामध्ये मण्डल अटो चालक रहेको र उनको समेत संलग्नता रहेको खुल्न आएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...