प्रधानमन्त्री ओलीको असन्तुष्टि : एसिड आक्रमण अध्यादेश र एमसिसी संसद्‌मा निर्णयार्थ किन पेस भएन ?

509

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌मा पेस गर्नैपर्ने एसिड आक्रमणदेखि बलात्कारसम्मका अध्यादेश पेस गर्न नदिएर अचम्मको अवस्था सिर्जना गरेका दाबी गरेका छन् ।

नयाँ वर्षका अवसरमा सिंहदरबारबाट प्रत्यक्ष टेलिभिजन सम्बोधन गर्दै उनले संविधानको व्यवस्थाको दाबी गर्दै पहिलो बैठकमा पेस हुनुपर्ने उक्त अध्यादेश संसद्मा लगेपछि पेस हुन नदिएको आरोप लगाए ।

“बलात्कार, एसिड आक्रमण जस्ता कानुन ल्यायौँ,” प्रधानमन्त्री ओलीले भने, “संविधानले भनेजस्तो पहिलो दिन पेस गर्नुपर्ने अध्यादेश पेस गर्न नदिएर अचम्मको अवस्था सिर्जना गरियो ।” एमसिसी सम्झौता संसद्‌मा टेबल गरेपनि निर्णयार्थ पेस गर्ने काम नभएको उनको भनाइ छ ।

“नेपाली कांग्रेस र नेकपा माओवादी सरकारमा हुँदा सम्झौता गरिएको थियो । त्यसलाई संसद्मा टेबल गरेका छौँ । निर्णयार्थ प्रस्तुत गर्न हामीले माग गरिरहेका छौँ । सरकारले प्रस्तुत गरिसकेपछि रोक्ने संवैधानिक अधिकार कसैसँग हुँदैन । तर, संविधानै नमान्ने र जिद्दी गर्ने काम भइरहेको छ,” प्रधानमन्त्री ओलीले भने ।

Share This:
सम्बन्धित खबर
Loading...