एमालेमा प्रवेश गरेका कर्णाली प्रदेशसभा सदस्य रेग्मी पदमुक्त

389

सुर्खेत । नेकपा (माओवादी केन्द्र) त्यागेर नेकपा (एमाले) प्रवेश गरेका कर्णाली प्रदेशसभा सदस्य धर्मराज रेग्मी पदमुक्त भएका छन् ।

रेग्मीले दल त्याग गरेको सूचना माओवादी केन्द्रले प्रदेशसभा सचिवालयलाई जानकारी गराएको र प्रदेशसभा सचिवालये उक्त पत्र प्राप्त भएको भनी सूचनामार्फत जानकारी गराएपछि उनी पदमुक्त भएका हुन् ।

दैलेख निर्वाचन क्षेत्र नम्बर १‘क’ बाट निर्वाचित रेग्मी एमालेमा प्रवेश गरेका थिए । उनलाई एमालेले केन्द्रीय सदस्य र प्रदेश सचिवमा मनोनित गरेको छ ।

सोमबार कर्णाली प्रदेशसभा सचिव जीवनराज बुढाथोकीले एक सूचना प्रकाशित गरी रेग्मी दल त्याग गरेको सूचना माओवादी केन्द्र संसदीय दलबाट चैत २० गते प्रदेशसभा सचिवालयमा प्राप्त भएको जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...