प्रधानमन्त्री ओलीलाई संसद्‌मा उभिएर स्पष्टीकरण दिन प्रकाशमान सिंहको चुनौती

539

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी ओली नेतृत्वको सरकारले जनता झुक्याउने काम मात्र गरेको बताएका छन् ।

आइतबार नेपाल दलित संघले काठमाडौंमा आयोजना गरेको जिल्ला भेलामा उनले असंवैधानिक कदम चालेका प्रधानमन्त्रीले संसद पुनःस्थापना गरेपछि पनि संसदीय प्रक्रियालाई कमजोर पार्ने काम गरिरहेको आरोप लगाए ।

नेता सिंहले संसद् विघटनको प्रयास सकारात्मक थियो भनेर संसद्‌मा उभिएर स्पष्टीकरण दिन सिंहले चुनौतीसमेत दिए । विभिन्न बहानामा ओलीले संसद् छलेर संसद्को आवश्यकता छैन भन्दै हिँडेकोप्रति आपत्ति व्यक्त गर्दै नेता सिंहले संसदमा उपस्थित हुन आग्रह गरे । त्यस्तै उनले सरकार गठनका लागि कांग्रेसले प्रयास गरिरहेको पनि बताए । अब नयाँ सरकार गठन गरेर मुलुकलाई अहिलेको अवस्थाबाट निकास दिएर निष्पक्ष निर्वाचन गराइने उनले बताए ।

नेता सिंहले पार्टी महाधिवेशन गर्न क्रियाशील सदस्यता वितरण र नवीकरणका काम समयमै हुनुपर्ने उल्लेख गरे । त्यस्तै उहाले कांग्रेसको महाधिवेशन विधि र प्रक्रिया अनुसार हुनुपर्ने बताए ।

Share This:
सम्बन्धित खबर
Loading...