कांग्रेसले सत्ता समीकरणको प्रस्ताव गरेपछि जसपाको पदाधिकारी बैठक बस्दै

572

काठमाडौं । नेपाली कांग्रेसले सत्ता समीकरणका लागि प्रस्ताव गरेसँगै जनता समाजवादी पार्टी (जसपा) आन्तरिक छलफलमा जुटेको छ ।

कांग्रेसका प्रस्तावका विषयमा छलफल गर्न पदाधिकारीको बैठक दिउँसो २ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने भएको छ ।

“पदाधिकारी साथीहरु अनौपचारिक रुपमा बस्ने भनिएको छ, हामी कांग्रेस र कम्युनिस्टको सजिलोका लागि निर्णय गरेर जाने भन्ने हुँदैन,” नेता राजेन्द्र महतोले भने,“हाम्रो ध्यान पूरापुर आफ्नो माग पूरा गराउनेमा केन्द्रित छ ।”

नेपाली कांग्रेस सभापति शेर बहादुर देउवाले पनि आजै दिउँसो २ बजे पदाधिकारी बैठक बोलाएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...