ओली गुटले आफूहरुलाई गरेको कारबाही कागजमा मात्रै सीमित : नेपाल

598

वीरगञ्ज । नेकपा (एमाले)का वरिष्ठ नेता माधव कुमार नेपालले संसदमा आफूहरु अल्पमतमा रहेकाले केपी ओली सरकारको विकल्प खोज्न नसकेको बताएका छन् । उनले नयाँ सरकार गठनका लागि प्रतिपक्ष र विपक्षी सबै मिलेर लागे आफूहरुले नरोक्ने पनि स्पष्ट पारे ।

प्रेस संगठन पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपालले भने, “सबै प्रतिपक्षी र विपक्षी दलहरु मिलेर ओली नेतृत्वको सरकार हटाउन लागे भने हामी रोक्दैनौँ ।” उनले आफूहरुको लडाइँ पद र सत्ताका लागि नभइ विधि र पद्धतिका लागि भएको बताए ।

उनले विगताका तीता अनुभवलाई पछाडि छाड्दै सकरात्मक छलफलको माध्यमले पार्टीभित्रका समस्यालाई समाधान गर्न आफूहरु तयार भएपनि पार्टी नेतृत्वको कारण समस्या यथावत रहेको आरोप लगाए । एकले अर्कालाई निषेध गर्ने प्रवृत्तिले कहीँ नपुग्ने भएकाले वर्तमान समस्याको समाधान वार्ता र संवादबाटै खोजिनुपर्नेमा नेता नेपालले जोड दिए ।

सर्वोच्च अदालतको फैसलाले नेकपालाई फुटाएर एमाले र माओवादी केन्द्र ब्युँतिएपछि एमालेलाई एकतावद्ध बनाउन पार्टीमा शुद्धीकरणका लागि देशभर आफूहरु अभियान चलाएको उनले बताए ।

“एकै जना व्यक्ति सधैँ पद र कुर्सीमा रहिरहनुपर्छ भन्ने मानसिकतको विरोध हामी गरेका हौँ” नेपालले भने । सबैतिरबाट बहुमत नभएपछि बाहिरबाट थपेर बहुमत पुर्याउने नाममा ओलीले विधि र विधानलाई मिचेको उनले बताए ।

उनले भने,“ओलीले खाए खा नखाए घिच् भनेजस्तै गरेका छन् तर हामी ओलीको टाङमुनि छिर्न चाहेनौँ ।” ओली गुटले कारबाही गरेको निर्णय कागजमा मात्र सीमित रहेकाले कोही पनि नेता कार्यकर्तालाई नआत्तिन नेपालले आग्रह गरे ।

Share This:
सम्बन्धित खबर
Loading...