प्युठानमा खनाल–नेपाल पक्षीय एमालेको समानान्तर जिल्ला कमिटी गठन

648

प्युठान । नेकपा (एमाले) का झलनाथ खनाल–माधव कुमार नेपाल समूहले प्युठानमा समानान्तर जिल्ला कमिटी गठन गरेको छ ।

शनिबार आयोजित अगुवा कार्यकर्ता भेलाले भोजविक्रम बुढा मगरको अध्यक्षतामा ६१ सदस्यीय कमिटी गठन गरेको हो ।

यस्तै, जिल्ला कमिटीको उपाध्यक्षमा कृष्ण रायमाझी र सचिमा दीपेन्द्र केसी छन् । सचिवालय सदस्यहरुमा भगवती राजभण्डारी, गुमानराज पुलामी, तिल बहादुर घर्ती, धर्मराज भण्डारी, सन्तोष विक, आर रिजाल, झविलाल राहुँ मगर, झग बहादुर बुढा मगर, हिम बहादुर केसी र आरपी राजभण्डारी छन् ।

Share This:
सम्बन्धित खबर
Loading...