आहा ! रारा गोल्डकप : संकटा पहिलो पटक बन्यो च्याम्पियन

522

पोखरा । आहा ! रारा गोल्डकपको उपाधि संकटा क्लबले जितेको छ । शनिबार पोखरा रंगशालामा भएको फाइनल खेलमा अफ्रिकन रुट्स एसोसिएसनलाई सडनडेथमा ४–२ ले हराउँदै उपाधि पहिलो पटक च्याम्पियन हो ।

निर्धारित ९० मिनेट र अतिरिक्त समयमा १–१ को बराबरीमा रोकिएपछि खेलको निर्णय सडनडेथबाट लिइएको थियो ।

सुरुवातमा लिएको अग्रता बचाउन नसक्दा अफ्रिकन रुट्स दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भयो । खेलको ११औँ मिनेटमा अफ्रिकन रुट्सका ज्याक्स बसीको गोलबाट अग्रता लिएको थियो ।

पहिलो हाफमा १–० ले पछि परेको संकटालाई दोस्रो हाफको ५७औँ मिटेमा ग्लोरीले गोल गर्दै बराबरीमा पुर्याएका थिए ।

विजेता संकटाले १० लाख १ हजार प्राप्त गर्यो भने उपविजेता अफ्रिकन रुट्सले ५ लाख १ हजारमा चित्त बुझायो ।

Share This:
सम्बन्धित खबर
Loading...