२५ प्रतिशत नपुगेर ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न सकिएन : प्रचण्ड

412

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले २५ प्रतिशत नपुग्दा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न नसकिएको बताएका छन् ।

शनिबार माओवादी केन्द्र कर्णाली प्रदेश सम्पर्क समितिको भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले अविश्वासको प्रस्तावमा ठोसरुपमा कतैबाट समर्थन पाउन नसकेको खुलासा गरेका हुन् ।

उनले आफूहरुले फेरि पनि कम्युनिस्ट आन्दोलनको एकताको झन्डा उठाइराख्नुपर्ने बताए । नेपालमा कम्युनिस्ट आन्दोलन आवश्यक रहेको, समाजवाद निर्माणका निम्ति विशाल कम्युनिस्ट समर्थक जनतालाई एकताबद्ध गर्न आवश्यक भएको बताए । विभिन्न पार्टीहरुबीच मोर्चा बन्ने प्रचण्डको भनाइ थियो ।

“मोर्चा त बन्छ, बन्छ र बनाउनुपर्छ भन्ने लागेको छ । हामीहरु र नेकपा एमालेभित्रको एउटा पक्षसँग मोर्चा त बनिरहेकै छ । जसपाका नेताहरुसँग हाम्रो वेभ लेन्थ धेरै नै मिल्छ । उहिल्यैदेखि मिल्दै आएको हो । त्यहाँ पनि मोर्चा बन्न सक्छ । नेपाली कांग्रेसँग कम्तिमा सरकारमा सँगै र चुनावमा पनि तालमेल भयो भने त्यो पनि ठूलो कुरा हुन्छ ।” प्रचण्डले भने ।

पुस ५ गतेको कदमपछि प्रधानमन्त्री ओलीलाई पार्टीबाट, संसदीय दलबाट बिस्थापित गरेको बताए । तर अदालतले पार्टी नै विघटन गरेपछि उनले कमजोर भएको महशुस पनि गरे । उनले विघटित नेकपाका माधवकुमार नेपालसँग गहिरो माया–प्रीत भइरहेका बेला अदालतले ‘डिभोर्स’ गरिरदएको बर्ता ।

“लभ परिरहेका बेला अदालतले डिभोर्स गराइदियो,” उनले भने,“अदालतले त्यसो गर्न मिल्छ त ? हामीले यसलाई अप्राकृतिक भनेका छौँ ।”

Share This:
सम्बन्धित खबर
Loading...