अध्यक्षको नेतृत्वमा पार्टी र देश बन्दैछ भन्ने यथार्थ स्वीकार गरेमा एकता सम्भव छ : मुख्यमन्त्री पोखरेल

493

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष एवम् प्रधानमन्त्री ओली पक्षीय नेता शंकर पोखरेलले असन्तुष्ट पक्षले ‘यथार्थ’ स्वीकार गरेमा पार्टी एकता सम्भव रहेको बताएका छन् ।

ओली र झलनाथ खनाल–माधव कुमार नेपाल समूहबीच दुरी बढिरहेको समयमा लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका पोखरेलले पार्टीको अध्यक्ष ओलीको कदमले पार्टी र देश बन्दै छ भन्ने कुरा स्वीकार गरेमा एकता सम्भव भएको दाबी गरेका हुन् ।

“पार्टी एकता सम्भव छः पार्टी अध्यक्षको नेतृत्वमा पार्टी र देश बन्दैछ भन्ने यथार्थ स्वीकार गरी मिलेर त्यसलाई थप गति दिन तयार भएमा” मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन् ।

https://www.facebook.com/shankar.pokhrel.946/posts/1830174887138386

 

Share This:
सम्बन्धित खबर
Loading...