सांसद र मन्त्री पद गुमाएका चारै जनालाई पुनः नियुक्ति गर्ने ओलीको तयारी

411

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) छाडेर नेकपा एमालेमा प्रवेश गरेका चार सांसदको पदसँगै मन्त्री पद समेत गुमाएकाहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री पदमा नियुक्ति गर्ने तयारी गरेका छन् ।

बिहीबार सभामुख अग्निप्रसाद सापकोटाले चार मन्त्रीले दल त्याग गरेको प्रतिनिधिसभालाई जानकारी दिएलगत्तै लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी र टोप बहादुर रायमाझीको दुवै पद खोसिएको थियो ।

पद गुमेसँगै प्रधानमन्त्री ओलीले बिहीबारै उनीहरुको पुनःनियुक्तिबारे आफू निकट नेताहरुसँग बालुवाटारमा छलफल गरेका थिए ।

२०७४ सालको निर्वाचनमा भट्ट कैलाली–४, साह रौतहट–३, चौधरी कैलाली–३ र रायमाझी अर्घाखाँचीबाट माओवादी केन्द्रकाबाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए ।

उनीहरु संविधानको धारा ७६ अनुसार मन्त्री भएका थिए । अब सांसद पदबाट हटेपछि संविधानको धारा ७८ अनुसार मात्र मन्त्री हुन सक्छन् । धारा ७८ अनुसार सांसद नभएको व्यक्ति पनि मन्त्री हुनसक्ने प्रावधानअनुसार मन्त्री हुन सक्ने तर त्यसको अवधि ६ महिनासम्म मात्र हुने व्यवस्था छ ।

पार्टी छोडेपछि माओवादी केन्द्रले उनीहरुलाई गंगलबार दलबाट निस्काशन गर्दै कारबाही गरेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...