पार्टी एकता जोगाउन समानान्तर कमिटी घोषणा : नेपाल

328

काठमाडौं । नेकपा एमालेका नेता माधव कुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले आन्दोलन र पार्टीमाथि कुठराघात गरेको आरोप लगाएका छन् ।

मंगलबार काठमाडौंको बल्खुस्थित सिद्धिगणेश पार्टी प्यालेसमा आयोजित झलनाथ खनाल–माधव कुमार नेपाल पक्षको बागमती प्रदेशको समानान्तर कमिटी घोषणा गर्दै नेता नेपाल पक्षको बागमती प्रदेशको समानान्तर कमिटी घोषणा गर्दै नेता नेपालले निरंकुश बन्दै गएको आरोप लगाए । उनले भने,“ओलीले आन्दोलन र पार्टीमाथि कुठरघात गर्नुभयो । आन्दोलनबाट कार्यकर्ता भाग्ने हुन् कि भन्ने चिन्ता छाएको छ ।”

नेपालले भने, “केपी ओली अध्यक्ष रहेको पार्टीमा हामी कसैलाई खैरियत छैन । उनले त हाम्रा साथीहरुलाई टिकट नै दिएनन् । हामी इञ्चार्ज भएका ठाउँमा बल्ल बल्ल केही ठाउँ पाइएको थियो । अहिले त इञ्चार्जबाट पनि हटाइसकेका छन् ।”

नेपालले देशभरिनै नयाँ कमिटीहरु गठन हुने क्रम चलेको र यो क्रम नरोकिने बताए । उनले चिन्ता गर्ने कुनै अवस्था नरहेको र उच्च मनोबलका साथ केपी ओलीविरुद्धको लडाइँमा विजय हुने बताए ।

“हामीसँग केपी ओलीको सामुन्ने आत्मसमर्पण गर्ने, पार्टीभित्रको द्वन्द्वबाट बैराग हुने हो भने बेग्लै कुरा हो । नत्रभने दृढतापूर्वक उभिनुपर्छ, लडाइँ जितिन्छ ।” नेपालले भने ।

७७ जिल्लामध्ये ४२ जिल्लामा आफुहरुको बलियो उपस्थिति रहेको दाबी गर्दै नेता नेपालले आफूलाई कमजोर ठान्ने अवस्था नरहेको बताए । उनले अहिलेको लडाइँ कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउने कि कमजोर भन्नेबीचको रहेको बताए ।

Share This:
सम्बन्धित खबर
Loading...