काठमाडौं । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)को एक समूहले आज आयल निगम घेराउ गरेको छ ।
माधव कुमार नेपाल पक्षीय अनेरास्ववियूको केन्द्रीय कमिटीद्वारा आयोजित घेराउ कार्यक्रममा विद्यार्थी नेताहरुले आयल निगमविरुद्ध नाराबाजी गरेका थिए ।
प्रर्दशनका क्रममा मूल्यवृद्धि तत्कार फिर्ता लिन माग गरेका थिए ।
नेपाल पक्षका अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली र महासचिव आरती लामाले घेराउको नेतृत्व गरेका थिए ।
आयल निगमले आइतबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा २ रुपैयाँले बढाएको थियो ।