कम्युनिस्ट पार्टीहरुबीच फेरि एकता गर्छौँ : पुन

295

ओखलढुंगा । नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले नेपालका सबै कम्युनिस्ट पार्टीबीच एकता हुने बताएका छन् ।

ओखलढुंगामा शनिबार कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेता पुनले सबै धार र प्रवृत्तिका कम्युनस्ट शक्तिलाई एकताबद्ध गरिने बताएका हुन् ।

आफूहरुले समाजवाद कार्यान्वयन गर्ने सही नियतका साथ एमालेसँग एकता गरेको भएपनि केपी ओलीले स्वार्थको रणनीतिका रुपमा प्रयोग गरेकाले एकता दीगो बन्न नसकेको नेता पुनको भनाइ थियो ।

“केपी ओलीले समाजवादका लागि, कम्युनिस्ट आन्दोलन बलियो बनाउनका लागि नभइ प्रधानमन्त्री पदमा पुग्ने स्वार्थले एकता गर्नुभएको रहेछ भन्ने घटनाक्रमहरुले पुष्टि गरेको छ,” उनले भने, “ढिलो चाँडो फेरि कम्युनिस्ट पार्टीहरु एकतामा जानुपर्छ । कम्युनिस्ट पार्टीको एकता आवश्यक छ ।”

Share This:
सम्बन्धित खबर
Loading...