पछिल्लो २४ घन्टामा १६२ जनामा संक्रमण पुष्टि, ५९ कोरोनामुक्त

531

काठमाडौं । पछिल्लो २४ घन्टाको अवधिमा १ सय ६२ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभर ३ हजार ९ सय १९ जनामा गरिएको पिसिआर परीक्षणको नतिजामा कुल १ सय ६२ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका १ सय ६२ जनासँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार ३ सय ९ पुगेको छ । यीमध्ये १ हजार ४ सय ९३ सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

देशभर थप ५९ जनाले कोरोना जितेर फर्किएका छन् । पछिल्लो २४ घन्टामा संक्रमणमुक्त भएका ५९ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ७२ हजार ७ सय ८६ जना पुगेको छ । निको हुने दर ९८.४ प्रतिशत रहेको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म ज्यान गुमाउनेको संख्या ३ हजार ३० रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...