विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशसभा बैठक बोलाएका छन् ।
सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलापछि नेकपा एमाले र माओवादी ब्युँतिदा वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले समेत सहयो ग गर्ने भएका कारण मुख्यमन्त्री राईले बैठक बोलाएका हुन् ।
सूचना टाँस गरी प्रदेशसभा बैठक चैत्र २३ गते दिउँसो १ बजेका लागि बोलाइएको छ । यसअघि मुख्यमन्त्री राईविरुद्ध प्रचण्ड-नेपाल समूहले अविस्वासको प्रस्ताव दर्ता गराएपछि बैठक सर्दै आएको थियो ।
नेपाल पक्षका सांसदले समेत सहयोग गरेपछि मुख्यमन्त्री राई बैठक बोलाउन सहमत भएका हुन् । प्रदेश नम्बर १ मा एमाले एक्लैको बहुमत भएकाले माओवादी केन्द्रले साथ नदिएपनि मुख्यमन्त्री राई सुरक्षित छन् ।