‘महन्थ र मिनेन्द्रको दया र कृपा रहेसम्म ओली सरकार रहिरहन्छ’: नेपाल

590

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले अहिले नै पार्टी संगठन र राजनीतिक आन्दोलनबाट खुट्टा कमाएर भाग्नुपर्ने अवस्था नआएको बताएका छन् ।

नागरिक आन्दोलनको बहसमा बोल्दै नेता नेपालले यस्तो बताएका हुन् । “पार्टी संगठन र आन्दोलनबाट खुट्टा कमाएर भग्नुपर्ने अवस्था अहिले नै आएको छैन ।” नेपालले भने, “कस्तो–कस्तो ज्यान भएका त लागेका छन् भने अहिलेसम्म मेचीबाट महाकालीसम्म हिँड्न सक्छु ।”

वरिष्ठ नेता नेपालले इतिहासमा लामो कार्यकालको अनुभव भएको र समयको नाडी छाम्नुपर्नेमा जोड दिँदै त्यसपछि झ्याप्प मौका छोप्ने बताए । प्रधानमन्त्री केपी ओलीलाई हटाएको कहिले देख्छौँ भन्ने प्रा. कृष्ण खनालको प्रश्नमा जबाफ दिँदै नेपालले भने, “महन्थ र मिनेन्द्रको दया र कृपा रहेसम्म यो सरकार रहिरहन्छ ।” सोही कार्यक्रममा महन्थ ठाकुर, मिनेन्द्र रिजाल र पुष्पकमल दाहाल‘प्रचण्ड’ सहभागी छन् ।

Share This:
सम्बन्धित खबर
Loading...