लागुऔषध खैरो हेरोइनसहित ४ जना पक्राउ

306

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका-१५ बाट नियन्त्रीत लागुऔषध खैरो हेरोइनसहित ४ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धरान-१५ का २२ वर्षीय सुजन धमला, २५ वर्षीय बिधान आलेमगर र १९ वर्षीया मनुषा तामाङ रहेकी छिन् भने धरान १७ का २१ वर्षीय अर्पण धमला रहेका छन् ।

विशेष सुराकका आधारमा बुधबार इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले पक्राउ परेका मध्ये बिधान आलेमगरको घरमा खानतलासी गर्दा कोठामा रहेका चारै जनालाई नियन्त्रणमा लिई कोठामा रहेको फ्रिज खोलेर हेर्दा उनीहरुले लुकाइ राखेको ११ ग्राम लागुऔषध ब्राउनसुगर फेलापारी बरामद गरेको हो ।

यसरी कोठामा ब्राउनसुगरसहित पक्राउ परेका चारै जना उपर लागुऔषध मुद्दामा कानुनी कारबाही अगाडी बढाइ अन्य थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...