घरबेटीकी छोरी बलात्कार गरेको अभियोगमा युवक पक्राउ

470

काठमाडौं । घरबेटीकी छोरीलाई नशालु पदार्य खुवाइ बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा हुम्ला सर्केगाड गाउँपालिका–१ का २४ वर्षीय मिम बहादुर बुढा रहेको प्रहरीले बताएको छ ।

पक्राउ परेको बुढा विगत् दश वर्षदेखि पीडित युवतीको बाँके नेपालगञ्ज उपमहानगरपालिका–२० राँझास्थित घरमा बस्दै आएका थिए ।

बुढाले १९ वर्षीया ती युवतीलाई होमस्टेमा लगि नशालु पदार्थ खुवाएर बलात्कार गरेको युवतीले बयान दिएकी छन् । बुढाले बलात्कारपछि ती युवतीलाई मंसिर ६ गते अचेत अवस्थामै घरमा लगी छोडेर फरार भएका थिए ।

नेपालगञ्जबाट फरार भएका बुढालाई प्रहरीले चैत्र ८ गते काठमाडौंको हाँडीगाउँबाट पक्राउ गरेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...