नक्कली सुन देखाइ ठगीको आरोपमा २ जना पक्राउ

271

सुनसरी । इटहरी उपमहानगरपालिका-९ का २० वर्षीय फैजान आलम र इनरुवा नगरपालिका-१० का ४१ वर्षीय जल्लाउदिन मियाँ ठगी गरेको आरोपमा पक्राउ परेका छन् ।

पक्राउ परेका दुवै जनाले इटहरी ८ का यज्ञ विक्रम ठकुरीलाई आर्थिक प्रलोभन देखाई नक्कली सुनका सिक्का दिई रकम ठगी गरेको भन्ने सूचनाका आधारमा खोजतलास गर्ने क्रममा दुवै जना पक्राउ परेका हुन् ।

उनीहरुले ठकुरीलाई विभिन्न प्रलोभन देखाई सक्कली सुन भनी नक्कली सुनको सिक्का दिई ठकुरीबाट ४ लाख नगद लगेको र सम्पर्कविहिन भएसँगै आफू ठगिएको थाहा पाई ठकुरीले इलाका प्रहरी कार्यालय ईटहरीमा जानकारी गराएका थिए ।

ठगी भएको सूचना पाएसँगै ठगी गर्ने व्यक्तिको खोजतलासमा खटिएको प्रहरी टोलीले दुवै जनालाई पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...