खाँदबारीमा माओवादी केन्द्रको कार्यालय स्थापना

491

खाँदबारी । नेकपा माओवादी केन्द्र सङ्खुवासभाले पार्टी कार्यालय कार्यालय स्थापना गरेको छ । बुधबार माओवादी केन्द्रले सदरमुकाम खाँदबारीमा बोर्ड राखेर पार्टी कार्यालय उद्घाटन गरेको हो ।

सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि बुधबार माओवादी केन्द्रले पनि पार्टी कार्यालय स्थापन गरेको हो ।

पार्टी एकिकरण पछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रहँदा सङ्खुवासभामा एमालेको पार्टी कार्यालय सञ्चालनमा थियो भने त्यस्तै माओवादी केन्द्रले पार्टी कार्यालय भाडामा चलाउँदै आएको थियो ।

खाँदबारीको चादनी चोकस्थित एक घर भाडामा लिएर पार्टी कार्यालयका औपचारिक रुपमा उद्घाटन गरेर सञ्चालनमा ल्याएको माओवादी केन्द्रका केन्द्रीय सदस्य राजेन्द्र कार्कीले जानकारी दिए ।

पार्टी कार्यालय उद्घाटनमा केन्द्रीय सदस्य कार्की, प्रदेश स्तरका सदस्य र जिल्ला स्तरका नेताहरुको उपस्थितिमा भएको थियो ।

श्राेतः रेडियाे सङ्खुवासभा

Share This:
सम्बन्धित खबर
Loading...