पछिल्लो २४ घन्टामा १४५ संक्रमित थपिँदा ९० जना कोरोनामुक्त, एकको मृत्यु

444

काठमाडौं । पछिल्लो समय नेपालमा पनि कोरोना संक्रमितको संख्यामा वृद्धि हुँदै गएको छ । २४ घन्टाको अवधिमा १ सय ४५ जना नयाँ संक्रकित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभर ३ हजार ९ सय ६३ जनामा गरिएको पिसिआर परीक्षणको नतिजामा कुल १ सय ४५ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका १ सय ४५ जनासँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ३ सय ८९ पुगेको छ । यीमध्ये १ हजार १ सय ८२ सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

अहिलेसम्म १ लाख ७९ हजार ३ सय १० पुरुष र ९७ हजार ७९ जना महिला संक्रमित भएका छन् ।

देशभर थप ९० जनाले कोरोना जितेर फर्किएका छन् । पछिल्लो २४ घन्टामा संक्रमणमुक्त भएका ९० जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ७२ हजार १ सय ८७ जना पुगेको छ । निको हुने दर ९८.५ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घन्टामा थप एक जनाको कोभिड–१९ बाट मृत्यु भएको छ । मृत्यु भएका १ जनासँगै अहिलेसम्म ज्यान गुमाउनेको संख्या ३ हजार २० जना पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...