मुख्यमन्त्री राईले बोलाए संसदीय दलको बैठक, नेपाल समूह नजाने

519

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले नेकपा एमाले प्रदेश संसदीय दलको बैठक बोलाएका छन् ।

सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि पहिलोपटक बुधबार संसदीय दलको बैठक बस्न लागेको हो ।

बैठकमा मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभामा पेस गरिएको अविश्वासको प्रस्ताव र पछिल्लो राजनीतिक घटनाक्रममा छलफल हुने बताइएको छ ।

प्रदेश एकमा नेकपा एमालेका ५० सांसद छन् । सोमध्ये माधव कुमार नेपाल समूहका १६ जना सदस्य रहेका छन् । प्रमुख सचेतक बुद्धीकुमारराज भण्डारीले बैठकमा सहभागी हुन सबै सांसदलाई खबर गरिएको जानकारी दिए ।

नेपाल समूहका प्रदेश सांसद राजेन्द्रकुमार राईले बैठमा आफूहरु सहभागी नहुने बताए । उनले भने, “हामी सबैलाई बैठकका बारेमा जानकारी गराइएको छ । तर, साथीहरु जानुहुन्न ।”

Share This:
सम्बन्धित खबर
Loading...