भारतको विजयी सुरुवात, इंग्ल्यान्ड ६६ रनले पराजित

288

काठमाडौं । इंग्ल्यान्डविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा भारत ६६ रनले विजयी भएको छ । जितसँगै भारतले तीन खेलको सिरिजमा १-० को अग्रता लिएको छ ।

मंगलबार भएको खेलमा ३ सय १८ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डलाई २ सय ५१ रनमा समेट्दै ६६ रनको जित हासिल गरेको हो ।

पुनेमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय १६ रन बनाएको थियो । भारतका लागि शिखर धवनले ९८, लोकेश राहुल र क्रणाल पाण्ड्याले नटआउट ६२ र ५८ रनको पारी खेले । यस्तै, विराट कोहलीले ५६ तथा रोहित शर्माले २८ रन बनाए ।

३ सय १७ रनको विजयी लक्ष्य पाएको इंग्ल्यान्डले सुरुवाती १५ ओभरमा उत्कृष्ट पारी खेले पनि अत्यमा सम्हालिन नसक्दा हार ब्यहोर्न बाध्य भयो । पहिलो विकेटका लागि ज्यासन रोय र जोनी बेइस्ट्रोले १ सय ३५ रनको साझेदारी गरे । बेइस्ट्रो ९४ तथा रोय ४६ रनमा आउट भए ।

यस्तै, मोइन अली ३०, इयान मोर्गान २२, साम बिलिङ्स १८ तथा साम कुरान १२ रनमा आउट भए ।

भारतका प्रसिध कृष्णले ४, शार्दुल ठाकुरले ३ तथा भुवनेश्वर कुमारले २ विकेट लिए ।

Share This:
सम्बन्धित खबर
Loading...