नेपालमा पनि कोरोना संक्रमितको संख्या बढ्न थाल्यो

501

काठमाडौं । पछिल्लाे समय नेपालमा पनि कोरोना संक्रमितको संख्यामा वृद्धि हुँदै गएकाे छ । सोमबार माघ २० यताकै उच्च संक्रमण देखिएकामा आज बढेर १ सय ८८ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभर ४ हजार ३२ जनामा गरिएको पिसिआर परीक्षणको नतिजामा कुल १ सय ८८ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका १ सय ८८ जनासँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार २ सय ४४ पुगेको छ । यीमध्ये १ हजार १ सय २८ सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

अहिलेसम्म पुरुष १ लाख ७९ हजार २ सय ३४ जना र महिला ९७ हजार १० जना संक्रमित भएका छन् ।

देशभर थप ७७ जनाले कोरोना जितेर फर्किएका छन् । पछिल्लो २४ घन्टामा संक्रमणमुक्त भएका ७७ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ७२ हजार ९७ जना पुगेको छ । निको हुने दर ९८.५ प्रतिशत रहेको छ ।

मन्त्रालयकाअनुसार अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १९ जना रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...