प्रधानमन्त्री ओलीलाई भेटेर विप्लवले सोधे- ‘बन्दी रिहाइ र मुद्दा फिर्ता कहिले हुन्छ ?’

552

काठमाडौं । नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमै भेटेर आफ्ना नेता कार्यकर्ताको रिहाई र मुद्दा फिर्ता कहिले हुन्छ भनी जिज्ञासा राखेका छन् ।

सोमबार दिउँसो विप्लवसहित नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पनि बालुवाटार पुगेका थिए । “हामीले वार्ता गरेको दुई हप्ताभन्दा धेरै भइसक्यो हाम्रा नेता कार्यकर्ता रिहा भएको छैनन । मुद्दा फिर्ता लिने प्रक्रिया पनि सुरु भएन” विप्लवको भनाइ उदृढ गर्दै केन्द्रीय सदस्य उदयबहादुर चलाउनेले भने, “वार्तामा भएको सहमति किन पालना भएन ? के कारण ढिलाइ भइरहेको छ ?”

जबाफमा प्रधानमन्त्री ओलीले रिहा र मुद्दा फिर्ताको प्रक्रियामै रहेकाले केही दिन पर्खिन आग्रह गरेको चलाउनेले बताए ।

सरकार र नेकपा विप्लव समूहबीच फागुन २० गते ३ बुँदे सहमति भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...