काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक बालुवाटारमा बसिरहेका बेला सिंहदरबारमा माधब कुमार नेपाल समूहका सांसदहरुको भेला भएको छ ।
भेलाले दलको बैठकमा भाग लिन शर्तसहितको पत्र तयार पारेको छ ।
दलको बैठकमा भाग किन नलिने भन्ने पत्र लिएर सांसदहरु यज्ञराज सुनुवार, जीवनराम श्रेष्ठ र सोमप्रसाद पाण्डे बालुवाटार गएका छन् ।
आफूहरु दलको बैठकमा सहभागी हुन्नौँ नभनेको तर त्यसका लागि विधान संसोधन लगायतका विषयमा सहमति होस् भन्ने चाहेको सुनुवारले बताए ।
दलको बैठक एजेन्डासहित हुनुपर्ने, बालुवाटरको साटो सिंहदरबार वा संसद भवनमा होस भन्ने आफूहरुले आग्रह गरेको उनले बताए ।