कथित भेला आयोजना गर्नेलाई स्पष्टिकरण सोध्छौँ, माफी नमागे कारबाही : प्रधानमन्त्री ओली

342

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले माधव कुमार नेपाल समूहले गरेको राष्ट्रिय भेलालाई कम्युनिस्ट आन्दोलनको कलंक भन्दै त्यस भेलाका आयोजक अगुवालाई स्पष्टिकरण सोधिने बताएका छन् ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले सच्चिएर आत्मालोचना गरेर आएमात्र सोच्न सकिने बताए । नत्र कारबाहीको प्रक्रिया बढाइने अध्यक्ष ओलीले प्रष्ट पारे ।

बैठकलाई सम्बोधन गर्दै ओलीले भने, “नेतृत्वलाई खुइल्याउने र सरकारको बदनाम गराउने नियतले भएको उक्त भेला नगर्न मैले र महासचिवले निर्देशन दिँदा दिँदैपनि कथित भेला गरिएको छ । कम्युनिस्ट आन्दोलनको कलंकको रुपमा चिनिएको भेलाको आयोजक अगुवालाई कारबाही गरिनेछ ।”

प्रधानमन्त्री ओलीले आफ्नो राजीनामा माग्नेलाई अविश्वासको प्रस्ताव ल्याउन चुनौती दिँदै तर सरकारको विरुद्ध अविश्वासको प्रस्ताव आउने स्थिति नदेखिएको दाबी गरे ।

Share This:
सम्बन्धित खबर
Loading...