ओलीको दम्भका कारण पार्टी एकताको ढोका बन्द भएको निष्कर्ष निकाल्यौँ : नेपाल

347

काठमाडौं । नेकपा एमालेका वरिष्ठ माधव कुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीको दम्भका कारण एकताको ढोका बन्द भइसकेको निष्कर्षमा पुगेका बताएका छन् ।

बुधबार आफू निकट कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले पछिल्लो पटक ओलीसँग भएको छलफलपछि ओलीको दम्भ नहटेको भन्दै त्यसपछि पार्टी एकताको ढोका बन्द भइसकेको निष्कर्षमा पुगेको बताए ।

नेपालले ओलीसँग भएको वार्ताको प्रसंग उल्लेख गर्दै भने, “केपी ओली यो पार्टीलाई छिन्नभिन्न पार्न लागिरहनुभएको छ । उहाँको दम्भका कारण एकताको ढोका बन्द भइसकेको निष्कर्ष निकाल्यौँ ।”

नेता नेपालले ओलीको व्यक्तिवादी, अहंकारी रस्वेच्छाचारी प्रवृत्तिका कारण पार्टीमा संकट आएको बताए । “अहिले चैत्र ७ गते १२औँ बैठक बोलाइएको छ । कहाँ गयो १०औँ र ११औँ बैठक ? नवौँ बैठक बसेको थियो पहिले । एकैचोटी ७ गते १२औँ बैठक भनेर बोलाइयो । कारण के भन्दा यसबीचमा दुईवटा कागजमा सही गराउनुभएछ १०औँ र ११औँ बैठकका नाममा” नेता नेपाले भने । उनले विधान संसोधन र केन्द्रीय कमिटीमा मान्छे थप्ने निर्णय पनि आफूखुसी गरेको बताए ।

Share This:
सम्बन्धित खबर
Loading...