बम बिस्फोटमा संलग्न रहेको आशंकामा एक जना पक्राउ

195

सिरहा । सिरहा जिल्लाको लहान नगरपालिका ८ स्थित मालपोट कार्यालयमा भएको बम विस्फोटमा संलग्न रहेको आशंकामा एपिएफ टोलीले सोही जिल्लाको सुखीपुर नगरपालिका २ स्थित विद्यानगरबाट चैत्र २ गते एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही जिल्लाको लहान नगरपालिका १८ बस्ने ३९ वर्षिय बलराम मण्डल छन् ।

उनलाई विशेष सुचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश सुखिपुरबाट खटिएको एपिएफ टोलीले पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीको लागि इलाका प्रहरी कार्यालय लहानमा बुझाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...