ठूलो परिमाणमा मदिरासहित एक भारतीय पक्राउ

125

मोरङ । विराटनगरबाट विभिन्न ब्राण्डका सिलप्याक मदिरासहित एक भारतीय पक्राउ परेका छन् ।

ठूलो मात्रामा मदिरा नेपालबाट भारततर्फ चोरी निकाशी हुन लागेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले सोमबार बिहान १ बजे मोरङको जहदा-१ लंकाटोल बाट भारत मटियारी ग्राम पञ्चायतका ३२ वर्षीय शिव लाल रायलाई पक्राउ गरेको हो ।

पक्राउ परेका रायको साथबाट प्रहरीले मदिरा उंमग लेखिएको ३ सय मिली ग्रामको ५७ काटुन, पलपल ३ सय मिली ग्रामको ४० काटुन, सोफीका ३ सय मिली ग्रामको ३७ काटुन, हरपल ३ सय मिली ग्रामको १ सय ५२ काटुन र ३ सय मिलीग्रामको खुल्ला १ हजार ९ सय ९५ बोतल मदिरा बरामद गरेको हो ।

रमेश यादवको घर कोठामा मदिरा भण्डारण गरी नेपालबाट भारततर्फ चोरी निकासी गरी लैजान लागेका भारीतय नम्बर प्लेटको WB.20 Z.1087 नम्बरको कार र ४ वटा मोटरसाइकलसहित निज शिवलाल रायलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका रायको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...