संकटलाई निकास दिन सरकारको नेतृत्व लिन तयार छु : देउवा

156

बारा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा संकटको बेला सरकारको नेतृत्व गर्ने अवसर आएमा पछि नहट्ने बताएका छन् ।

बाराको पचरौता नगरपालिकाअन्तर्गत भारतीय समावर्ती गाउँ बेल्दारीमा खुमबहादुर खड्का स्मृति प्रतिष्ठानद्वारा आइतबार आयोजित कुस्ती प्रतियोगिता उद्घाटन गर्ने क्रममा उनले कांग्रेस पदको लोभी नभएको बताए ।

“जब–जब देशमा संकट आएको छ, तब–तब नेपाली कांग्रेसले सरकारको नेतृत्व गरेर देशलाई निकास दिएको इतिहास छ,” उनले भने, “अहिले पनि देशको राजनीति संकटले सरकार अप्ठ्यारोमा परेकाले त्यसको निकास दिन सरकारको जिम्मेवारी लिन तयार छु ।”

Share This:
सम्बन्धित खबर
Loading...