पछिल्लो २४ घन्टामा थपिए ५३ जना नयाँ संक्रमित

320

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या पछिल्लो केही हप्तादेखि न्यून हुँदै गएकाे छ । पछिल्लो २४ घन्टामा ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभर २ हजार ६ सय १५ जनामा गरिएको पिसिआर परीक्षणको नतिजामा कुल ५३ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका ५३ जनासँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार २ सय ३१ पुगेको छ । यीमध्ये ८ सय ९१ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

देशभर थप ७७ जनाले कोरोना जितेर फर्किएका छन् । पछिल्लो २४ घन्टामा संक्रमणमुक्त भएका ७७ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ७१ हजार ३ सय २६ जना पुगेको छ । निको हुने दर ९८.६ प्रतिशत रहेको छ ।

मन्त्रालयकाअनुसार अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १४ जना रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...