सरकारमा रहेका माओवादी केन्द्रका मन्त्रीहरूलाई २४ घन्टाभित्र सरकार छाड्न निर्देशन

561

काठमाडौं । स्थायी कमिटी बैठकले माओवादी केन्द्रका मन्त्रीहरुलाई २४ घन्टाभित्र सरकार छाड्न निर्देशन दिएको छ ।

शनिबार माओवादी केन्द्रकाे कार्यालय पेरिसडाँडामा बसेकाे स्थायी कमिटी बैठकले सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बाेलाउने निर्णय गरेकाे पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

माओवादी केन्द्रबाट अहिले सरकारमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, उर्जा, जलश्राेत तथा सिंचाइमन्त्री टाेपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सहरी विकासमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रममन्त्री गाैरीशंकर चाैधरी सरकारमा सहभागी छन् ।

यस्तै, बैठकले चैत्र २ गतेदेखि हुने भनिएकाे राष्ट्रिय कार्यकर्ता प्रशिक्षण भेला हाललाई स्थगित गर्ने निर्णय गरेकाे छ । केन्द्रीय कमिटी बैठक भने भाेलि बस्ने प्रवक्ता श्रेष्ठले बताए ।

शुक्रबार एमालेले गृहमन्त्री बादलसहित २३ जना माओवादी केन्द्रका सदस्यलाई केन्द्रीय कमिटीमा मनाेनीत गरेकाे थियाे । साथै, बादलाई बागमती प्रदेशकाे इञ्चार्ज बनाएकाे छ ।

Share This:
सम्बन्धित खबर
Loading...