मन्त्रिपरिषद् विस्तार : अर्थमा पौडेल र गुरुङलाई सञ्चार मन्त्रालयकाे जिम्मेवारी

247

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद् विस्तार तथा हेरफेर गरेका छन् । यससँगै नेकपा महासचिव विष्णु पौडेल नयाँ अर्थमन्त्री बनेका छन् ।

यस्तै नेता कृष्णगोपाल श्रेष्ठ शहरी विकासमन्त्री नियुक्त भएका छन् । यसअघि महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्रीको जिम्मेवारी सम्हालेका पार्वत गुरुङले सञ्चार तथा सूचना प्रविधिमन्त्रीको जिम्मेवारी पाएका छन् ।

यस्तै महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्रीमा लिलाराज श्रेष्ठलाई नियुक्त गरिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...