काेराेना अपडेट : थप ९७ जनामा संक्रमण पुष्टि, कुन प्रदेशमा कति हेर्नुस्

243

काठमाडौं । पछिल्लो २४ घन्टामा ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभर ४ हजार ४ सय ८४ जनामा गरिएको पिसिआर परीक्षणको नतिजामा कुल ९७ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका ९७ जनासँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ७० पुगेको छ । यीमध्ये ९ सय ४२ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

बिहीबार थपिएका संक्रमितमा प्रदेश नम्बर एकमा दुई, प्रदेश नम्बर २ मा एक, बागमती प्रदेशमा ५५, गण्डकी प्रदेशमा १३, लुम्बिनी प्रदेशमा २५ र कर्णाली प्रदेशमा एक जना रहेका छन् ।

देशभर थप ६६ जनाले कोरोना जितेर फर्किएका छन् । पछिल्लो २४ घन्टामा संक्रमणमुक्त भएका ६६ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ७१ हजार १ सय १६ जना पुगेको छ । निको हुने दर ९८.६ प्रतिशत रहेको छ ।

मन्त्रालयकाअनुसार अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १२ जना पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...